सेन्ट्रल फाइनान्सको नगद लाभांश वितरण

0
Shares

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न साधारण सभाबाट अनुमोदन गरेको ७ प्रतिशत नगद लाभांश वितरण थालेको छ ।

फाइनान्स कम्पनीले साधारण सभाका लागि शेयर दाखिला गरेको मितिसम्म ( माघ २८ गतेसम्म) कायम शेयरधनीको बैंक खातामा उक्त नगद लाभांश फागुन २१ गते बुधबारदेखि जम्मा गर्न थालेको हो ।

हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधि गर्न आग्रह गरेको छ। डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीको लाभांश भने क्रमश: वितरण गर्दै जाने फाइनान्सको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलले जनाएको छ।

सेन्ट्रल फाइनान्सको फागुन १६ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले गत आवको कमाईबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  १३ : ५७ बजे