भारतद्धारा २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक

0
Shares

भारत सरकारले २६ प्रकारका औषधी र त्यसको कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।

कोरोना संक्रमणको कारण कच्चा पदार्थ अभाव भएको बताउदै भारतले औषधि तथा कच्चा पदार्थ निर्यातमा रोक लगाएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

कोरोना भाइरस कारण आफ्नो मुलकमा संकट उत्पन्न हुनसक्ने भन्दै उक्त संकटको सामाना गर्न औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाउनु परेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयको भनाई छ ।

सरकारले निर्यातमा प्रतिबन्ध लगाएका औषधिहरु निर्यात गर्नु अगाडि अनिवार्य अनुमति लिनुपर्ने र अवस्था विचार गरेर मात्र निर्यात इजाजत दिने नीति भारतले लिएको छ ।

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  १४ : ०७ बजे