प्रेससँगको सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुछ : मन्त्री डा. खतिवडा


अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रेससँगको सम्बन्धलाई मन्त्रालयका नीति, कानून, बोली र व्यवहारले स्वास्थ्य र सुमधुर बानाउँदै लैजानुपर्ने बताएका छन ।

पुनःनियुक्तिपछि सञ्चार मन्त्रालयमा आज उहाँले पदबहालीका क्रममा प्रेससँगको सम्बन्ध सुमधुर बनाउन मन्त्रालय मातहतका सबै निकायको सहयोग आवश्यक रहेकामा जोड दिए । उनले मुलुकका जेठा पत्रकारिता गर्ने सञ्चारमाध्यम अझ प्रभावकारी र आधुनिक शैलीले अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै निजी क्षेत्रका सञ्चारमाध्यम र सूचना प्रविधिमा काम गर्ने संस्थासँग कसरी अघि बढ्ने भन्नेमा पनि छलफल गर्नु आवश्यक रहेको बताए ।

मन्त्री डा खतिवडाले भने, “सूचना प्रविधि आधुनिक समाजको मुख्य सम्भावक हो, हामीले मुलुकलाई आधुनिकीरकण गरी नयाँ समाज निर्माण गर्नुछ, नयाँ प्रविधि विकास गरी आर्थिक विकास गर्नुछ, साथै शासकीय प्रबन्धमा नयाँपन ल्याउनुछ । यसका लागि सूचना प्रविधिको सम्पूर्ण प्रयोगमा अघि बढ्नुछ ।”

मुलुकलाई छिटै डिजिटल नेपाल बनाउन मन्त्रालयले योगदान पु¥याउनुपर्ने बताउँदै उनले कृषिको आधुनिकीकरणका साथै शिक्षा, स्वास्थ्यलगायतका अवसर वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे । “पूर्वाधार निर्माणसँग सम्बन्धित काम र खरिद प्रक्रियालाई पूर्ण प्रतिपस्पर्धाका आधारमा पारदर्शी ढङ्गले स्पष्ट विधि अपनाएर अघि बढायौँ भने सबैलाई स्वीकार्य हुने र हामी पनि विवादरहित हुन्छाँै”, मन्त्री डा खतिवडाले भने ।

मन्त्रालय मातहतका निकायका प्रमुखलाई जनताप्रतिको जवाफदेहीता र संवैधानिक जिम्मेवारी पूरा गर्न केन्द्रित भएर लाग्न निर्देशन दिँदै उनले ‘बाँकी निजी क्षेत्रले गर्ने कुरामा प्रतिष्पर्धा गरिराख्नु जरुरी छैन’ भने ।

राष्ट्रको सञ्चारको राष्ट्रिय एकता, स्वाभिमान र संस्कृति संरक्षणलगायतका विषयमा आफ्नै महत्व हुन्छ भन्दै उनले आफूले काम गर्ने कर्मचारीलाई सधैँ प्रोत्साहित र मार्गदर्शन गर्ने बताए । सो अवसरमा उनले आफ्नो पुनःनियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रपति र प्रधानमन्त्रीप्रति आभार प्रकट गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरे ।

मन्त्री खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि मङ्गलबार पदबाट राजीनामा दिएका थियो । आजै पुनःनियुक्ति भएका अर्थ र सञ्चारमन्त्री डा युवराज खतिवडाले आजै पद तथा गोपनीयताको शपथ लिए हो । कार्यक्रममा सञ्चार मन्त्रालय सचिव, सहसचिव, मातहतका विभाग र निकायका प्रमुखको सहभागिता थियो ।