शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद चैत १३ गतेदेखि निष्काशन हुँदै

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी (SICL) को ३० प्रतिशत हकप्रद चैत १३ गतेदेखि बिक्रीमा आउने भएको छ। कम्पनीले १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयरबाट अनलाईन आवेदन दिन सक्नेछन्। यसैगरि एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालयहरु, शिखर इन्स्योरेन्सका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्।

हकप्रदमा आवेदन दिने अन्तिम दिन वि.सं. २०७७ वैशाख ३ गतेसम्म रहेको छ। हकप्रदमा फागुन १२ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन्। लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड ३ प्लस‘ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ प्लस रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत रहेको बुझाउँछ।

हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: २२ फागुन २०७६, बिहीबार  ०९ : ३२ बजे