महिला सहयात्रा लघुवित्तले डाक्यो साधारण सभा, मर्जर प्राप्ती प्राथमिकतामा

0
Shares

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था (MSMBS) ले चैत २२ गते शनिबार ओम अध्याय रिट्रिट रिर्सोट, बज्रवाराही मकवानपुरमा बिहान ११ बजे ७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्त कम्पनीको सञ्चालक समितिले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.५ प्रतिशत (१० प्रतिशत र ७.५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ। यसअघि लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि राष्ट्र बैंकले २.५० प्रतिशत नगद लाभांश वितरणमा स्वीकृति दिएको थिएन।

यसैगरि मर्जर प्राप्तीका लागि मर्जर समति गठन गरि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भएको छ । केही दिनअघि मात्रै शेयर स्वाप रेसियो र सञ्चालक समितिमा प्रतिनिधित्वको कुरा नमिल्दा महिला सहयात्रा र घरेलु लघुवित्त बीचको मर्जर केही दिन अघिमात्रै मर्जर घोषणा कार्यक्रममै भाँडिएको थियो।

यस्तै २० करोडको अधिकृत पूँजी वृद्धि गरि ४० करोड कायम गर्ने, रेमिट्यान्स कारोबार गर्नका लागि लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने रहेको छ।

फागुन २० गते बसेको संचालक समितिको बैठकले साधारण सभा तथा लाभांश वितरणका लागि चैत ४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार चैत ३ गते सोमबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण पश्चात १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ। नगद लाभांश वापत लघुवित्तले कर सहित ९० लाख ७५ हजार रुपैयाँ वितरण गर्नेछ ।