ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत

0
Shares

ज्योति विकास बैंक (JBBL) को ३९ लाख ५२ हजार ५४९ दशमलव १२ कित्ता बोनस शेयर फागुन २२ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १७.७५ प्रतिशत बोनस बिहीबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि शेयर सूचीकृत भएको हो।उक्त बोनस शेयरधनीले डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्नेछन्।

सूचीकृत शेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन (पुस १५ गते) सम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्। बैंकको पुस २ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो।

बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार पुगेको छ।