होलीमा एनआईसी एशिया बैंकको शतप्रतिशत क्यासब्याक अफर

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले होली पर्वलाई लक्षित गर्दै बम्पर अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई शतप्रतिशत नगद फिर्ता योजना ल्याएको छ।

यस योजनाअन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउँदै आइरहेका छन्।

जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक १५ हजार ४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजारसम्मको लाभ ग्राहकले लिइरहेका छन्।

  • मोबाइल बैंकिङ र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर

प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजारसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराज डट कमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५०० सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजारसम्म छुटलगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ।

यस बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ। यसका अतिरिक्त बैंकका ग्राहकले मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजारभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुन्छ। साथै यस बैंकले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजनाअन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले प्रत्येक हप्ता जनही ५०० तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले जनही १ हजारसम्मको नगद उपहार प्राप्त गर्दै आइरहेका छ।

यस बैंकले सञ्चालन गरेका ‘स्विप मोर, सेभ मोर’ ‘भाट भटेनी क्यास ब्याक अफर’, ‘भ्यालेन्टाइन्स् डे अफर’, ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमान्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरमा ग्राहकको उत्साहजनक सहभागीता रहेको थियो।