नेपाल इन्स्योरेन्सले साधारण सभा आह्वान

0
Shares

नेपाल इन्स्योरेन्स (NICL) ले चैत २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे ७१ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २१ गते, बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले सो मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

कम्पनीको ७१ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित अनुमोदन गर्नेछ।

साधारण सभाका लागि कम्पनीले चैत ४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकाले ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।