सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ८२ हजार ५ सय पुग्यो

0
Shares

नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा फागुन २३ गते शुक्रबार हालसम्मकै उच्च भएको छ। शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि दैनिक सुनको भाउ बढेको हो । यता नेपाल राष्ट्र बैंकले बैंकहरुले सुन धितोमा निक्षेप लिन पाउने व्यवस्था गरेपछि सुन मूल्य झनै आकासिएको छ ।

बिहीबार सुन ८० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार २०० रुपैयाँ ताकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

यस दिन चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २३ फागुन २०७६, शुक्रबार  ११ : २० बजे