आईपीओ निष्काशनका लागि प्रभु लाइफले गरायो रेटिङ्ग, यस्तो छ विश्लेषण

0
Shares

सर्वसाधारणमा आईपीओ निष्काशनको प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्स (PLIL) ले क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट सार्वजनिक निष्काशनका लागि रेटिङ्ग गराएको छ।

इन्स्योरेन्सले जारी गर्न लागेको ६० करोड रुपैयाँ बराबरको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औषत भन्दा तल आधार रहेको जनाउँछ।

विश्लेषण अनुसार चर्चित ब्राण्ड प्रभु समूहबाट सञ्चालित भैसकेकाले पनि सकारात्मक दृष्टिकोणबाट हेर्न सकिने उल्लेख गरेको छ । कम्पनीले गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त गरिरहेको छ।

जीबन बीमा बजारमा औसत प्रिमियम संकलनका आधारमा पनि कम्पनी राम्रो स्थितिमा रहेको उल्लेख गरेको छ । अनुभवी व्यवस्थापबीय क्षमता र ८२ वटा शाखा र उपशाखाबाट सेवा प्रदान गर्दै आइरहेको र बीमाको पहुँच अझैपनि विस्तार हुन बाँकी रहेकाले आगामी दिनमा कम्पनीले व्यवसाय विस्तारलाई अझ बढवा गर्नसक्ने जनाउँछ ।

नयाँ १० जीबन बीमा कम्पनीहरुले संकलन गरेको कूल बीमा प्रिमियममध्ये प्रभु लाइफको हिस्सा ५ प्रतिशत रहेको र समग्र जीबन बीमा क्षेत्रको हिसाबले १ प्रतिशत हिस्सा रहेको उल्लेख छ। यस कम्पनीबाट जारी भएकामध्ये ७१ प्रतिशत बीमालेख नवीकरण भएका छन्।

कम्पनीमा प्रभु ग्रुप अन्तर्गतका विभिन्न समूहहरुको बहुमत स्वामित्व रहेको छ । जसमा १४ प्रतिशत स्वामित्व प्रभु बैंकको, सांग्रिला बैंकको १३ प्रतिशत रहेको छ।

इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई निष्काशन गर्ने भएको हो। कम्पनीले २०७५ जेठ १० गते सम्पनन पहिलो वार्षिक वार्षिक साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गराएको थियो।

हाल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन पछि कम्पनीको पूँजी दुई अर्ब पुग्नेछ।