टेलिकमद्धारा नयाँ पिसिआरएफ सिस्टम जडान, उच्च गतिमा डेटा चल्ने

0
Shares

नेपाल टेलिकम (NTC) ले जीएसएम मोबाइल सेवाको स्तरोन्नति गरी डाटा सेवालाई अझै तीब्र बनाएको छ।

कम्पनीले फागुन २२ गते विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरेको कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए।

यस स्तरोन्नतिसँगै पुराना ग्राहकहरुलाई नयाँ स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गरिएको छ । पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् पुराना सेवाग्राहीले पनि उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन ।

यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन्।

यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी÷थ्रीजी÷फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकका लागि थप प्रभावकारी र आकर्षक हुने विश्वास कम्पनीको छ।

 

प्रकाशित मिति: २३ फागुन २०७६, शुक्रबार  १९ : ०४ बजे