सातामा करिब २०० अंकले नेप्से घट्दा कारोबारमा १३ प्रतिशत गिरावट

0
Shares

शेयर बजार मापक परिसूचक नेप्से यस साता १९६ दशमलव ४८ अंकले घटेको छ । आइतबार १ हजार ६३२ दशमलव १८ बिन्दुमा खुलेको नेप्से १ हजार ४७० दशमलव ७० बिन्दुमा झरेको बन्द भएको हो।

नेप्सेमा उच्च गिरावट आएसँगै यस साता कारोबार रकम पनि १२.९३ प्रतिशतले घटेको छ । यस साताभर कूल १९० कम्पनीको कूल तीन करोड ८४ लाख २६ हजार ७२० कित्ता शेयर १६ अर्ब २१ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भयो । गत साता ४ करोड ४९ लाख ४४ हजार कित्ता शेयर १८ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो। पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय ग¥यो।

यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुप¥यो। यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्तासमेत मर्कामा समेत परे। साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हाबी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०.८२ अङ्कले घटेर एक हजार ५९१ दशमलव ३६ मा पुग्यो। सो दिन कूल १८३ कम्पनीका एक करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ मा खरिद बिक्री भयो।

यस साता सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोबार नै स्थगित भयो। नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोवार स्थगित भयो। नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले झरेको थियो। उक्त गिरावट प्रतिशतका आधारमा ६ दशमलव ०६ हो । त्यस दिन कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो।

यस्तै मङ्गलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोवार केही समय स्थगित भयो । सो दिन भने कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता शेयर रु तीन अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ मूल्यमा खरिद बिक्री भए। बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१ दहमलव २० मा पुग्यो । त्यस दिन कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भए।

यस्तै बिहीबार पनि नेप्से परिसूचक पनि ओरालो लाग्यो। नेप्से ओरोलो लागे पनि कारोवार रकम भने झण्डै अढाई अर्बको हाराहारीमा रहेको थियो। कूल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ मूल्यमा खरिद बिक्री भए ।

विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण र अल्पकालीन लगानी हाबी भएको बजार उच्च अंकले घट्दा यस साता मात्रै लगानीकर्ताको शेयर बजारमा रहेको सम्पत्ति २ खर्ब ५० अर्ब ८२ करोढ ९० लाख रुपैयाँले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार २० खर्ब ८३ अर्ब ६८ करोड रुपैयाँ रहेको कूल बजार पूँजीकरण १८ खर्ब ३२ अर्ब ८५ करोड ५६ लाख रुपैयाँमा झरेको हो।

यस साता ब्याजार समूहको कारोबार सबैभन्दा धेरै ५३ प्रतिशतले बढीले घटेको छ भने वित्त समूहको कारोबार रकम ३९ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिबार  १८ : ५० बजे