कोरोना भाइरसबाट इटलीमा १९७ को मृत्यु, सङक्रमित चार हजार ६०० बढी

0
Shares

इटलीमा नयाँ कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विगत २४ घण्टामा थप ४९ भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। शुक्रबारसम्म १४८ जनाएको यससँगै इटलीमा यस घातक भाइरसको सङ्क्रमणबाट १९७ पुगेको छ।

प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि यहाँको सरकारले उपचारका लागि करिब २० हजार सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचार सेवामा सघाउन आह्वान गरेको छ ।

कुल सङक्रमितको सङ्ख्या अहिलेसम्म चार हजार ६०० बढी पुगेको छ। डिसेम्बरमा भाइरस पहिलोपटक देखिए यता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या हुने देश इटली बन्न पुगेको छ।

सरकारले यो साता प्रकोप नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेका बेला यसै साता त्यहाँ १० दिनका लागि सबै विद्यालयहरू बन्द गर्न सरकारलाई निर्देशन दिएको छ। सबै व्यवसायिक खेलहरू पनि महिना दिनसम्मका लागि बन्द कोठाभित्र खेलिने छ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस सङ्क्रमित भएको जनाएको छ। शनिबार अपरान्ह्सम्म करिब तीन हजार ५०० मानिसको मृत्यु भएको छ जसमध्ये धेरै चीनको वुहानमा भएको छ।

कोरोना भाइरसको नयाँ सङ्क्रमण पछिल्ला दिनहरूमा चीनमा भन्दा विश्वका अन्य मुलुकहरू इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, अमेरिका, भारत लगायतका मुलुकमा समेत बढेको भन्दै स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको सङ्क्रमण ‘गहिरो चिन्ताको विषय’ भएको भन्दै यसको रोकथामलाई ‘उच्च प्राथमिकतामा राख्न’ सबै देशहरूलाई अपिल गरेका छन्।

प्राणघातक कोरोना जीवाणु (भाइरस) का सङ्क्रमित व्यक्तिमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको छ। गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ।

प्रकाशित मिति: २५ फागुन २०७६, आइतबार  १० : ४९ बजे