एसबीआईले समस्याग्रस्त यस बैंकको ४९ प्रतिशत स्वामित्व खरिद गर्ने

0
Shares

भारत सरकार स्वामित्वको स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले समस्याग्रस्त यस बैंकको ४९ प्रतिशत स्वामित्व लिने भएको छ। प्रतिशेयर १० भारुका दरले २४ अर्ब ५० करोड भारुमा यस बैंकको ४९ प्रतिशत स्वामित्व एसबीआईले प्राप्ति गर्ने भएको हो। यस्तै बैंकले २०० करोड रुपैयाँ बराबरको प्रिफेन्सियल शेयर समेत खरीद गर्दैछ।

निजी क्षेत्रको चौथो ठूलो यस बैंकलाई संकटग्रस्त भएपछि भारतीय रिजर्व बैैंक (आरबीआई) ले सञ्चालक समिति विगठन गरि सो बैंकलाई एक महिनासम्म प्रतिबन्ध लगाएको छ। आरबीआईले अप्रिल ३ सम्म प्रतिबन्ध लगाएको हो । तर यस अवधिमा पनि ५० हजार भारुसम्म निकाल्न सकिनेछ।

बैंक व्यवस्थापनलाई पर्याप्त समय दिदाँ पनि सुधार नभएपछि हस्तक्षेप गरेको आरबीआईले जनाएको छ। अनिल अम्बानी ग्रुप, एस्सेल, आईएलएफएस, डीचएलएफ र जेट एयरवेजमा ठूलो लगानी गरेको बैंक पछिल्लो समय धरासयी भएको हो। पारिवारिक झगडाले यस बैंक संकटग्रस्त भएपछि बैंकको शेयरमूल्य ४०० बाट १६.२० सम्म झरिसकेको छ। बैंकको न्यूनतम मूलय ५.५५ रुपैयाँ भारुसम्म झरेको थियो।

पछिल्लो दिनमा मात्रै बैंकको शेयरमूल्य बम्बे स्टक एक्सचेन्जमा ५६ प्रतिशतले घटेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब १० करोड ७ लाख छ। बैंकको प्रतिशेयर आम्दानी ३.८९ रुपैयाँले ऋणात्मक रहेको छ। 

 

वित्तमन्त्री निर्मला सितारमनले केन्द्रीय बैंक आरबीआईलाई नियन्त्रणमा लिएर गलत भएको वास्ताविकता बाहिर ल्याउन र व्यक्तिगत निक्षेपलाई सुरक्षण दिन भनेपछि बैंक पुनरसंचना परियोजना ‘बेल आउट स्किम’ २०२० अन्तर्गत आरबिआईले एसबिआईलाई उद्धारका लागि लगानी गर्न भनेको थियो । सोही अनुसार एसबिआईले ४९ प्रतिशत स्वामित्व लिने भएको हो।

नयाँ संरचनाअनुसार बैंकको अधिकृत पुँजी ८ बाट बढाएर ५० अर्ब, स्वपूँजी (इक्विटी) शेयर २ अर्ब ५५ करोडबाट २४ अर्ब भारु पुर्याउन प्रस्ताव गरिएको छ। पूँजी लगानीको ३ वर्षसम्म एसबीआईको स्वामित्व २६ प्रतिशतबाट नघट्ने व्यवस्था गरिएको छ। मुख्य पदमा रहेका व्यवस्थापकलाइ हाइनेछ भने एसबीआईले २ जना सञ्चालक पठाउनेछ।