मर्जर प्राप्तीको अन्तिम टुङ्गो लगाउन मिर्मिरे र स्वेडाले डाके विशेष साधारण सभा

0
Shares

गत पुस २७ गते एक आपसमा मर्जर तथा एक्वीजिशन सम्झौता गरेको बनेपाको मिर्मिरे लघुवित्त वित्तीय संस्था र धादिङको स्वेडा लघुवित्तले चैत १७ गते सोमबार दिनको साढे १ बजे विशेष साधारण सभा डाकेका छन्।

मिर्मिरेले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने सम्बन्धमा दुबै लघुवित्तहरुले विशेष साधारण सभामार्फत अन्तिम स्वीकृती लिने तयारी गरेका हुन्। दुबै संस्थाले आफ्ना प्रधान कार्यालयमा सभा डाकेका हुन्। आगामी चैत मसान्तभित्र प्राप्ति सम्बन्धी कार्य पूरा गर्ने लक्ष्य साथ अगाडि बढेका हुन्।

दुबैको सभाले मिर्मिरे लघुवित्तमा प्राप्ती गर्ने।हुने, डिडिए प्रतिवेदन अनुसार प्राप्त शेयर स्वाप रेशियो पारित गर्ने, संयुत्त, मर्जर समितिबाट भएका खर्च र निर्णयहरु अनुमोदन गर्ने, संस्थाको पूँजी संरचनामा हुने परिवर्तन, राष्ट्रियस्तरमा स्तरोन्नति, हकप्रद शेयर जारी गर्ने र नियामकीय निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेको छन्।

मिर्मिरेले स्वेडालाई प्रतिकित्ता ७५ रुपैयाँमा खरिद गर्ने प्रारम्भिक सहमति भएको थियो। प्राप्ति पश्चात यी दुई कम्पनीकोे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहने सहमति भएको छ ।

मिर्मिरे लघुवित्तको बोनस पश्चात चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ छ भने स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ। प्राप्तिपछि एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने सहमति समेत दुई संस्थाबीच भएको छ ।

हाल मिर्मिरेको कार्यक्षेत्र २५ जिल्ला रहेको छ भने स्वेडाले १० जिल्लामा सेवा दिइरहेको छ। एक्वायर सम्पन्न भएपश्चात मिर्मिरे लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तोरोउन्नती हुनेछ। यस्तै मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  ०९ : ५६ बजे