नेप्से ६% ले घटेपछि सवा दुई घण्टामै रोकियो मंगलबारका लागि शेयर कारोबार

0
Shares

नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि फागुन २७ गते मंगलबार दिनभरिका कारोबारको बन्द भएको छ।  कारोबार सुरु भएको एक घण्टा नबिन्दै नेप्से सूचक ४ प्रतिशतले घटी पहिलो नकारात्मक सर्किट लागेको बजारमा २० मिनेट पश्चात खुलेकोमा त्यसको १२ मिनेटमा नै दोस्रो सर्किट लागेको थियो।

४० मिनेट बजार बन्द भएर १ बजेर ११ मिनेटमा खुलेको नेप्से त्यसको २ मिनेट नबिन्दै पुन: थप १ प्रतिशतले कूल ६ प्रतिशतले घटेपछि आजको लागि दिनभरी लागि बजार बन्द गरिएको हो।

कोरोना भाइरसका कारण विश्व अर्थब्यवस्थामा प्रभाव पर्न थालेपछि यतिबेला सबै देशको पूँजीबजार घटेको छ । संसार भरका शेयर बजार घटेपछि नेपालको शेयर बजारले पनि सोही लय समातेको छ।

बजारमा खरीदभन्दा उच्च बिक्री चापले नेप्सेमा पहिरो लागेपछि पौने २ घण्टाअगावै तेस्रो पटक नेगेटिभ सर्किट लागेर मंगलबार शेयर कारोबार बन्द भएको हो।

नेप्से परिसूचक ८६.३९ अंकले घटेर १ हजार ३४९ दशमलव ३१ बिन्दुमा झरेर बन्द भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९० दशमलव ३६ मा झरेको छ । १६१ कम्पनीका २७ लाख ३५ हजार ४१८ कित्ता शेयर १ अर्ब ७ करोड ६६ लाख ९६ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्।

कारोबारमा आएका सबै उपसूचमा पहिरो गएको छ । जीबन बीमा, ब्यापार , बैंकिङ्ग, होटल, र निर्जीबन बीमा उपसमूहको सूचक ५ प्रतिशत बढीले घटेको छ भने विकास बैंक, लघुवित्त, उत्पादन र अन्यको सूचक पनि ४ प्रतिशत बढीले घट्यो।

नेपाल लाईफ र एनआईसी एशिया बैंकको ८ करोड बढीको शेयर खरीद बिक्री भएको छ।

यसदिन एनआईबिएल समृद्धि फण्डको इकाईमुल्य ३.७५ प्रतिशतले बढ्दा अन्य १ कम्पनीको शेयरमूल्य पनि २ प्रतिशतभन्दा थोरै बढेको छ। १४६ कम्पनीको शेयरमूल्य घट्दा ४७ कम्पनीको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ । नेको इन्स्योरेन्स, एलआईसी, एभरेष्ट इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, नेशनल लाईफ, मञ्जुश्री फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, छिमेक लघुवित्त, शिवम् सिमेन्टस्, नाडेप लघुवित्त र युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत बढीले घटेको छ।

यसअघि फागुन १९ गते शेयर बजारमा सोमबार ९६ अंकले घटेको दिन दोस्रो ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको कारण बजार बन्द गरिएको थियो । शयर कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेट रोकिएको थियो। नेगेटिभ सर्किट लागेर ४० मिनेट पछि खुला भएको कारोबार पुन ६ प्रतिशतले बढेर दोस्रो पटक सर्किट ब्रेक लागेको हो।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  १३ : २४ बजे