शेयर बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ?

0
Shares

विश्वको जुनसुकै देशमा पनि शेयर बजार आउने तीव्र उतार चढावबाट लगानीकर्तालाई धेरै असर नपुगोस् भन्नका लागि निश्चित प्रतिशतको घटबढमा कारोबार स्थगन गर्ने प्रणाली कानुनी रुपमा नै व्यवस्था गरिएको हुन्छ। जसलाई हामी छोटो शब्दमा सर्किट ब्रेक भनेर भन्ने गर्दछौं। यो सकारात्मक र नकारात्मक दुबै किसिमको हुने गर्दछ।

पूँजीबजारको फन्ट लाईन रेगुलेटर नेप्सेले पनि यो प्रणाली लागू गरेको छ। नेप्सेले कुनै पनि कारोबार दिनमा कारोबार शुरु भएको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेको बीचमा ) नेप्से इण्डेक्स ४ प्रतिशतले बढ्यो वा घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ।

यसैगरि बजार खुलेको दोश्रो घण्टाभित्र (१२ देखि १ बजेको बीचमा) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । यस्तै दोस्रो सर्किटपछि पनि गिरावटको क्रम निरन्तर रह्यो र बजार थप १ प्रतिशतले घटी वा बढी ६ प्रतिशत पुग्यो भने सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

यसरी ६ प्रतिशतसम्म नेप्से सूचक घटे वा बढेमा कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  १४ : ०७ बजे