शेयर लगानीकर्ता अस्थिर बन्दा बजारमा अस्वाभाविक उतार-चढाव

0
Shares

पछिल्ला साता यता नेपालको शेयर बजारमा अस्वाभाविक उतार-चढाव देखिएको छ । शेयर बजारमा चलेका अनेक किसिमका हल्लाले शेयर लगानीकर्ता अस्थिर बन्दा बजारमा उच्चवृद्धि र गिरावटको क्रम दोहोरिन थालेको छ ।

शेयर बजारमा हुने उतारचढाब बजारको ब्युटि मानिएपनि अस्वाभाविक रुपमा हुने उच्च अंकको वृद्धि र गिरावटले बजारमा जोखिमै रहने विश्लेषकहरु बताउँछन्।

विश्वभर फैलिएको कोरना भाइरसका कारण अर्थतन्त्र संकुचित हुँदा विश्वभरका शेयर बजारमा प्रभावित भइरहेका बेला नेपालको शेयर बजार भने सामाजिक संञ्जालमा फैलिएका हल्लाले बजार प्रभावित हुने गरेको पाईएको छ।

मंगलबार शेयर बजार ६ प्रतिशतले घटेपछि ‘सर्किट ब्रेक’ लागेर पुरा अवधि कारोबार हुन सकेन।

त्यसैको भोलिपल्टको बजार साढे ५ प्रतिशतले उकालो लागेको छ। बजारका लगानीकर्ता अनेक हल्लाका पछि कुद्दा अन्य कु्राहरु यथावत रहकै अवस्थामा पनि यस किसिमका उतारचढाब देखिनु बजारका लागि हितकर नभएको जानकारहरु बताउँछन् ।

पछिल्लो समयमा शेयरबजारमा तीब्र उतार-चढाव आउनुमा कोरोना बताउन थालिएको छ । कोरोनाको सुरुवाती दिनमा चीनसँगको ब्यापार रोकिदा उक्त रकम शेयर बजारमा भित्रिएको चर्चा गरियो भने अहिले तीनै लगानीकर्ता बाहिरन थालेपछि बजार घट्न थालेको बताउने गरिएको छ।

कहिले अर्थमन्त्रीको नाम बेचेर बजारमा कमाउ धन्दामा लाग्नेहरु बजार बढाउने घटाउने खेलेमा लाग्ने गरेका छन्। बजारमा अस्वभाविक उतार-चढावमा अल्कालिन लगानीकर्ता बढी हाबी हुने गरेका छन् । यसले कारोबारलाई राम्रै साथ दिएको भएपनि सूचकमा भने उतार-चढाव हुने गरेको छ ।

मंगलबार ८६.३९ अंकले घटेको बजार बुधबार ७३.७८ अंकले बढेको छ। शेयर बजारका चतुर खेलाडिहरुको चलखेलका कारण यस किसिमका उतारचढाबहरु बजारमा देखिने गरेको शेयर विज्ञहरु बताउँछन् । बजार केहि अंक तलमाथि रहेकै अवस्थामा यस्ता चतुर खेलाडिहरु शेयर खरिदबिक्रीमा बढी सक्रिय हुने गर्छन् भने अरुकै लहलहैमा लाग्ने नयाँ तथा सिकारुहरु फस्ने सम्भावना रहन्छ।

बुधबार नेप्से ७३.७८ अंकले बढेर १४२३.०९ अंकमा आईपुगेको छ । कुल १८० कम्पनीको ५६ लाख २६ हजार ८१२ कित्ता शेयर २ अर्ब २२ करोड १० लाख रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै उपसमूहको सूचक बढेको छ ।

बुधबारको बजारमा चार कम्पनीको शेयर मूल्य दश प्रतिशतका दरले बढेको छ भने एक दर्जन बढी कम्पनीको ९ प्रतिशत बढीले शेयर मूल्य बढेको छ। यसदिन हिमाल दोलखाको शेयर मूल्य सबैभन्दा धेरै नौ प्रतिशत बढीले ओरालो लागेर प्रतिकित्ता ९७ रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: २८ फागुन २०७६, बुधबार  १५ : २३ बजे