नागरिक लगानी कोष र सूर्या लाइफको संस्थापक शेयरमा आवेदन गर्ने अन्तिम दिन

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले बोलकबोलको माध्यमबाट बिक्रीमा राखेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

बैंकले आफ्नो स्वामित्वमा यी दुई संस्थामा रहेको २ लाख ७ हजार ४२३ कित्ता संस्थापक शेयर गत फागुन १९ गतेदेखि बिक्रीमा राखेको थियो ।

बैंकले नागरिक लगानी कोषमा रहेको १ लाख ६६ हजार ०३२ र सूर्या लाइफको ४१ हजार ४०० कित्ता शेयर बिक्रीका लागि राखेको छ।

कोषको शेयरको न्युनतम मूल्य २ हजार र सूर्या लाइफको २७५ रुपैयाँ तोकिएको छ ।उक्त शेयर खरिदका लागि फागुन २९ गतसम्मे बोलपत्र पेश गर्नुपर्ने एनआईसी एशिया क्यापिटलले जनाएको छ। शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम एक सय कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि सूर्या लाइफमा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव आब्हान गर्दा सबै खरिद नभएपछि पुनः प्रस्ताव गरेको हो ।