प्राइमले कैलाशलाई गाभेर थाल्यो एकीकृत कारोबार

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) ले फागुन २९ गते बिहीबार (आज) देखि कैलाश विकास बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार सुरुवात गरेको छ । गत असारमा मर्जर तथा प्राप्ती सम्झौता गरेका दुई बैंकले त्यसको ८ महिना पश्चात एकीकृत कारोबार थालेका हुन्।

कैलाश विकासको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंकको ९४ स्वाप रेसियोमा दुई बैंक एकीकृत भएका हुन्।  स्वाप रेसियोपछि उब्रिएको पूँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ। 

प्राइमलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकको फागुन १८ गते र कम्पनी रजिष्टारको कार्यालयबाट फागुन २१ गते स्वीकृत प्राप्त भएको थियो। दुवै बैंकको पुस २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट प्राइम कमर्सियलले कैलाश विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको थियो।

कैलाश बैंक प्राप्ति (एक्विजिशन) पश्चात चुक्ता पूँजी १३ अर्ब ९७ करोड, निक्षेप संकलन १ खर्ब ३० अर्ब, कर्जा लगानी १ खर्ब १५ अर्ब, कुल शाखा संख्या १९९र १ हजार ५०० बढी कर्मचारी पुगेका छन्।

बैंकको रजिष्टार्ड केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा रहनेछ।

प्रकाशित मिति: २९ फागुन २०७६, बिहीबार  १० : ५२ बजे