नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता बोनस शेयर सुचिकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको १३ लाख बढी कित्ता बोनस शेयर थपिएको छ।

नेप्सेका अनुसार पोखरा फाइनान्सको ६ लाख ९०.८३ कित्ता र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ लाख २० हजार ९९९.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। दुई कम्पनीको गरेर १३ लाख २१ हजार ८९.९ कित्ता बोनस शेयर थपिएको हो।

यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको लाभांश नेप्सेमा सुचिकृत गराएका हुन्। उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

प्रकाशित मिति: २९ फागुन २०७६, बिहीबार  १६ : ३९ बजे