लक्ष्मी उन्नति कोषको ८ करोड इकाई बिक्रीमा

0
Shares

लक्ष्मी क्यापिटलले चैत ९ गतेदेखि लक्ष्मी उन्नती कोषको ८ करोड इकाई सर्वधारणमा बिक्रीमा ल्याउने भएको छ। यसअघि दुईवटा फण्ड सञ्चालन गरिरहेको क्यापिटलले दश वर्ष अवधि रहेको तेस्रो बन्दमुखी म्युचुअल फण्डको इकाई बिक्रीमा ल्याएको हो।

लक्ष्मी क्यापिटल लिमीटेडको व्यवस्थापनमा ८० करोडको आकारमा लक्ष्मी उन्नति कोष सञ्चालनमा ल्याउने उदेश्यका साथ बिक्री खुला गरिएको हो। कम्पनीले प्रति इकाई १० रुपैयाँ दरमा इकाई बिक्री गर्नेछ ।  निष्काशनमा आउने कुल ८ करोड इकाईमध्ये १ करोड २० लाख इकाई वा कूल बिक्रीको १५ प्रतिशत कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखि बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणमा बिक्री गरिने उल्लेख छ।

लगानीकर्ताले फण्डको इकाईमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट समेत अनलाईन मार्फत समेत छिटोमा चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्। ढिलोमा भने चैत २३ गतेसम्म बिक्री खुला हुनेछ। बोर्डले यसअघि संसोधन गरेको नियमअनुसार ढिलो अवधिमा १५ दिनसम्म मात्र हुनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि १ हजार रुपैयाँदेखि अधिकतम ८० लाख इकाईले हुन आउने ८ करोड रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कोष प्रवद्र्धकलाई इक्रा एनपी आईआर बिबिबि प्लस र कोष व्यवस्थापकलाई इक्रा एनपि एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने उल्लेख छ।

योजनाले कमाएको सञ्चित मुनाफा पुन तोकिएका क्षेत्रमा लगानी गर्नेछ भने खुद नाफाको आधारमा इकाईको अंकित मूल्यको आधारमा नाफा वितरण हुनेछ।

लक्ष्मी क्यापिटल अन्र्तगत हाल पाँच वर्षे अवधिको लक्ष्मी भ्यालु फण्ड १ र ७ वर्षे लक्ष्मी इक्वीटी फण्ड सञ्चालनमा रहेका छन्। भ्यालू फण्डको आकार ५० करोड छ भने इक्वीटी फण्ड १ अर्ब २५ करोड रहेको छ।

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रबार  ०९ : ५३ बजे