सेन्चुरी बैंक र वोमी लघुवित्तको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सेञ्चुरी कर्मशियल बैंक र वोमी लघुबित्त वित्तीय संस्थाको बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको छ।

दुबै कम्पनीको फागुन ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य समायोजन भएको हो।

नेप्सेले सेञ्चुरी बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १७७ रुपैयाँ ४५ पैसा कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेर बैंकको नवौं साधारणसभा बोलाएको छ।

हाल ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २ प्रतिशत बोनस शेयर वितरणपश्चात पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

वोमी माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरी नेप्सेले ८५६ रुपैयाँ कायम गरेको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर बापत शेयर मूल्य समायोजन भएको हो।

लघुवित्तले चैत १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा विहान ११ बजे सभा बोलाएको छ।

सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ। लघुवित्तको बोनस पश्चात चुक्ता पूँजी १२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ।

दुबै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रबार  ११ : २७ बजे