डिभिजन वन कार्यालय दोलखाकी वन अधिकृत दुई लाख घुससहित पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाकी डिभिजन वन अधिकृत (दशौं तह)  सन्तमाया श्रेष्ठलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

उनीसहित तीन जना भक्तपुर गठ्ठाघरबाट पक्राउ परेका हुन् । श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दोलखाबाट काठमाडौं आइरहेको बा१झ ७६८५ नम्बरको सरकारी गाडीबाट श्रेष्ठसहित तीनजनालाई घुस रकम २ लाख तीन हजार रुपैयाँसहित बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।

 

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रबार  १४ : २८ बजे