कतारका जिम, विबाह तथा सिनेमा हल बन्द

0
Shares

कतार सरकारले कोरोना भाइरस नियन्त्रण गर्नका लागि शुक्रबार देखि धेरै मानिस जम्मा हुने स्थानहरु बन्द गरेको छ । कतार सरकारको सञ्चार कार्यालयले एक सूचना जारी गर्दै धेरै मान्छे भेला हुने जिम हल, विबाह हल, सिनेमा हलहरु बन्द गर्न निर्देशन दिएको हो ।

सर्वसाधारणको स्वास्थलाइ ध्यानमा राख्दै सामाजिक जमघट तथा भेला हुने कार्यक्रम नगर्न तथा त्यस्तो कार्यक्रम गर्ने स्थल बन्द गर्न निर्देशन दिएको जनाएको छ । कोरोना भाइरसको सक्रमणवाट बच्नका लागि स्वास्थ मन्त्रालयवाट जारी गरीएका बच्ने उपायहरु अबलम्बन गरेर कोरोना संक्रमण बाट बच्न बचाउन अनुरोध गरेको हो ।

नियमीत रुपमा हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने, कोरोना भइरस सक्रमण भएको व्यीक्तिवाट कम्तीमा पनि एक मिटर टाढा वस्ने तथा रुघा र खोकी लाग्दा प्रयोग गरिएका टिस्यू पेपर तथा मास्कलाइ पनि उपयुक्त स्थानमा व्यवस्थापन गर्न समेत कतार सरकारले सर्वसाधारणलाइ अनुरोध गरेको छ । साथै जुन सुकै बेला पनि स्वास्थ्य मन्त्रालयमा यस बारेमा बुझ्न तथा जानकारी लिन सकिने समेत विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रबार  २० : १६ बजे