युनाइटेड इदी मर्दीले चैत १० गतेदेखि आईपीओ जारी गर्ने

0
Shares

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले यहि चैत १० गतेदेखि उद्योग प्रभावित क्षेत्रका (कास्कीका स्थायी बासिन्दाका) लागि ४ करोड २० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले धितोपत्र बोर्डबाट ६ करोड ३० लाख मूल्यको ६ लाख ३० हजार कित्ता सर्वसाधारण र ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई समेत गरी कूल १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

  • कस्तो छ कम्पनी

कम्पनीले कास्कीमा कूल १ अर्ब ४२ करोड ६ लाख लागतमा ७ मेगावाटको माथिल्लो मर्दी खोला जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। यसअनुसार प्रतिमेगावाट २० करोड २९ लाख ४२ हजार लागत हुन आउँछ।

आयोजनामा ७५ प्रतिशत संस्थापक, १० प्रतिशत स्थानीय र १५ प्रतिशत स्वामित्व सर्वसाधारणको रहनेछ। आयोजनाबाट साधारण लगानी फिर्ता हुन ८.०८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन १८.७७ वर्ष लाग्ने विवरणपत्रमा उल्लेख छ।

कम्पनीले निष्काशन गर्न लागेको शेयरलाई केयर रेटिङस नेपालले केयर एनपि आईपीओ ग्रेड ४ प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधार रहेको जनाउँछ।

आयोजनाको सुर्य बहादुर केसी अध्यक्ष रहेको छन् भने रोशन केसी, सुनिल नारायण श्रेष्ठ, प्रेम कुमारी केसी, र किरण केसी लगायत २५ जना संस्थापक तथा आधारभुत शेयरधनी रहेका छन्।

आईपीओ बिक्रीबाट प्राप्त हुने रकमलाई कम्पनीले आयोजना निमार्णका लागि प्राइम, ग्लोबल (जनता) र सेञ्चुरी बैंकबाट लिएको दीर्घकालीन ऋण तिर्न र सिभिल, हाइड्रोे मेकानिकल, र इलोक्ट्रो मेकालिकल निमार्ण गरेवापत सम्बन्धित पार्टीहरुलाई भुक्तानी गरिने उल्लेख छ।

गत आवको अन्त्यमा कम्पनीको प्रतिशेयर आम्दानी ०.५७ रुपैयाँ रहेको कम्पनीको नेटवर्थ ९८.७९ रहेकोमा चालु आवको समाप्तीमा प्रतिशेयर आम्दानी ०.०६ र नेटवर्थ ९९.१५ र आव २०७८/७९ मा पुग्दा प्रतिशेयर आम्दानी १०.८० रुपैयाँ र नेटवर्थ १०८.५० रुपैयाँ कायम हुने उल्लेख छ।

कम्पनीले २०७३ जेठ २५ गते नेपाल विद्युत्त प्राधिकरणसँग सुख्खा याममा ८.४० रुपैयाँ र वर्षा याममा ४.८० रुपैयाँका दरमा विद्युत खरीद सम्झौता गरेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति विसं २१०८ माघ १३ गते (३२ वर्ष) सम्म रहेको छ।