सत्र लाख घुस रकमसहित नापी कार्यालयका अधिकृत समेत ५ पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ सहित ५ जनालाई १७ लाख घुस रकम सहित रङेहात पक्राउ गरेको छ।

आयोगले भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरुले सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो।

उनीहरुले एक आपसमा मिलिजुली बांडीचुंडी खाने मनसायले सेवाग्राहीसंगबाटसत्र लाख घूस लिईसकेको अवस्थामा उक्त रकमसहित रुपन्देहीको सिद्धार्थनगर बसपार्क स्थित अशोका होटलको अगाडीबाट फागुन ३० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।