एनएमबि लघुवित्तको साधारण सभा आह्वान, मर्जर/प्राप्ती प्राथमिकतामा

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले चैत २६ गते पोखरास्थित सिटी स्क्वायर पार्टी प्यालेसमा लघुवित्तको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

लघुवित्तको फागुन ३० गते शुक्रबार सम्पन्न सञ्चालक समितिको ९८ औं बैठकले लाभांश अनुमोदनका साथै मर्जर/प्राप्तीलाई मुख्य एजेण्डा बनाएर साधारण सभा आह्वान गरेको हो।

सभाले गत आर्थिक वर्षबाट प्रस्तावित १२ प्रतिशत बोनस (४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ) र ०.६३ प्रतिशत (२५ लाख ५७ हजार ९९३ दशमलव ४२ रुपैयाँ) नगद लाभांश अनुमोदन हुनेछ।

यसैगरि सभाले गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने निर्णय गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि लघुवित्तले चैत १० गतेदेखि शेयर दाखिला खारेजी गर्ने निर्णय गरेको छ । यसअनुसार चैत ९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनुको साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

हाल चुक्ता पूँजी ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ रहेको लघुवित्तको १२ प्रतिशत बोनस पश्चात ४५द करोड ३६ लाख १७ हजार ५०० कायम हुनेछ।

यस्तै लघुवित्तल सञ्चालक समितिको सोही बैठकले काठमाण्डौं महानगरपालिका वडा नम्बर ३ बस्ने सञ्जिब सुब्बालाई लघुवित्तको स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ।

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १२ : ५४ बजे