मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निःशुल्क

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) ले कुनै पनि नयाँ बचत खाता खोल्दा बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था गरेको छ ।

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने भएको हो ।

यसैगरि ग्राहकले भौतिक सेयर प्रमाणपत्रलाई अभौतिकरण गर्न चाहेमा मुक्तिनाथ क्यापिटलसँग सहकार्य गरी अभौतिकरण गर्न सकिने समेत बैंकले जनाएको छ ।यो योजना सीमित अवधीको लागि मात्र लागु हुनेछ ।

निक्षेपकर्ताहरुको विभिन्न वित्तिय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउनका साथै बचत खाताहरुमा नविनतम सुविधाहरु प्रदान गर्दै जाने योजना अनुरुप बैंकले यो योजना संचालनमा ल्याएको हो ।

यस बैंकको हालसम्म ४२ जिल्लामा १३४ वटा शाखाहरु रहेको छ ।