नेपाल इन्स्योरेन्सको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने

0
Shares

नेपाल इन्स्योरेन्स (NICL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ७.८९ प्रतिशत लाभांश पाउन सोमबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्ने भएको छ। 

चैत २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे आह्वान गरेको ७१ औं वार्षिक साधारण सभाका लागि कम्पनीले चैत ४ गतेदेखि बुकक्लोज गर्दैछ। यसअनुसार चैत ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनुको साथै साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन्।चैत २ गते आइतबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कम्पनीको ७१ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित अनुमोदन गर्नेछ। यसअनुसार कम्पनीले ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ बराबरको बोनस र ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। 

यस्तै आव २०७५/७६ को वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने तथा आव २०७६/७७ को लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव साधारण सभामा रहेका छन्।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५ रुपैयाँ पुग्नेछ।