कोरोनाको प्रभाव मत्थर भएसँगै शाङ्घाईका ६९ पर्यटकीय केन्द्रहरु खुला

0
Shares

चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला गरिएको हो ।

शाङ्घाई वन्यजन्तु निकुञ्ज सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानगरीय संस्कृति तथा पर्यटन ब्युरोका अनुसार शाङ्घाईमा क वर्गका ११३ वटा उत्कृष्ट पर्यटकीय केन्द्रहरु रहेका छन् र तीमध्ये ९ वटा पुनर्निर्माणको चरणमा छन् ।

फेब्रुअरीको अन्त्यदेखि महामारीको स्वरुप लिएको कोरोनाभाइरसका कारण शाङ्घाई महानगरले आमजनताको सुरक्षाका लागि ३० वटा विभिन्न उपायहरु अबलम्बन गरेको थियो ।

प्रकाशित मिति: ३ चैत २०७६, सोमबार  १४ : ०८ बजे