ग्यास उद्योगी र बिक्रेता भन्छन्: ‘अभाव हुँदैन, आत्तिनु पर्दैन ‘

0
Shares

ग्यास उद्योगी र बिक्रेताले ग्यासको आयात विगतभन्दा पनि बढी भएकोले अभाव नहुने भन्दै उपभोक्तालाई धैर्य धारण गर्न आग्रह गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले उपभोक्ताले आवश्यकता भन्दा धेरै सिलिण्डर भरेर राखेकाले खाना पकाउने ग्यास अभाव भएको दाबी गरेका छन् ।

हाल विश्वभर फैलिएको कोरोना भाईरसको असर नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरू वसिद हुन गई ग्यास अभाव हुने डरले आफूसंग रहेका सबै खालि सिलिण्डरहरूमा ग्यास भर्न विक्रेताकोमा आएकोले एक्कासी ग्यासको माग बढ्न गई विक्री वितरणमा केहि समस्या हुन गएको ग्यास बिक्रेताहरुको भनाई छ।

ग्यासको आयात विगत भन्दा पनि हालको अवस्थामा केहि बढिनै रहेकोले सम्पूर्ण उपभोक्ताहरूमा धैर्य धारण गरिदिनु हुन र एलपि ग्यास जस्तो अत्यधिक प्रज्वलनशिल पदार्थलाई आवश्यकता भन्दा बढी संचय नगर्न सम्पूर्ण उपभोक्ता महानुभावहरूमा अनुरोध गर्दछौं । ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी र ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन् ।

सरकारलाई असहयोग गरे ग्याँस उद्योगीमाथि हस्तक्षेप गर्ने आपूर्तिमन्त्री भट्टको चेतावनी

साथै ग्यास विक्री वितरणको क्रममा उपभोक्तासंग घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर (ग्यास सहितको सिलिण्डर) विक्री वितरण नगर्न नगराउन सम्पूर्ण पनि ग्यास उद्योगी तथा विक्रेताहरूलाई आग्रह गरेका छन्।

आमउपभोक्ताको हितलाई ध्यानमा राखि विगतका दिनमा जस्तै नेपाल सरकार तथा सरोकारवाला निकायहरू समेतको सहयोगमा आपूर्ति व्यवस्था सहज राख्न प्रतिवद्ध रेहको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति: ३ चैत २०७६, सोमबार  १८ : ०७ बजे