पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य घट्यो

0
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकोे छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ ।

यस्तै हवाई इन्धन आन्तरीक तर्फको मूल्य ४ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्य आज राती १२ बजे बाट लागू हुने निगमले जनाएको छ।

एलपीजी ग्यास र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य यथावत रहेको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टीतेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोलमा १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नु पर्छ ।

आयल निगमले मूल्य समायोजनमा ढिलाई गर्दा बजारमा इन्धनको हाहाकार

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिकतर्फको हवाई इन्धनको समायोजन गरेको हो । निगमाले अन्तराष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन गरेको जनाएको छ।

कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभावले अन्तराष्ट्रिय बजारमा तेलको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो । अन्तराष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि समायोजन गरिएको हो। नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको भाउअनुसार १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै आएको छ।