भारतीय शेयर बजार क्र्यास तर्फ, सेनसेक्स २७१३ अंकले घट्दा निफ्टी ७५७ ले झर्यो


फैलदो कोरोना भाइरसको त्रासले भारतीय शेयर बजारमा उच्च गिरावट कायम रहेको छ । सोमबार भारतीय शेयर बजार यो वर्षको आठौ उच्च अंकको गिरावट आएको छ । अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदरमा गरेको कतौटी तथा ७०० अर्ब डलर खरिद गर्ने निर्णय गरेपछि भारतीय सेयर बजार थप प्रभावीत भएको हो।

निरन्तर घट्दो क्रममा रहेको अन्तराष्ट्रिय शेयर बजार सूचक फकर्ने संकेत नदेखिएपछि विश्लेष्कहरुले शेयर बजार क्र्यास उन्मूख देखिएको संकेत गरेका छन । सोमबार भारतीय शेयर बजारको सूचक सेन्सेक्स २ हजार ७ सय १३ अंकले घटेको छ । सेन्सेक्समा गत बिहीबार हालसम्मकै उच्च २ हजार ९ सय १९ अंकले घटेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सोमबार भारतीय शेयर बजारमा आएको गिरावटको प्रमूख कारणमा कोरोना भाइरस, घट्दो तेलको मूल्य तथा अन्तरािष्ट्रय रेटिङ एजेन्सी मुडिजले भारतको आर्थिक वृद्धिदर कमी आउने भनेपछि बजार झनै उच्च दरमा घट्न थालेको हो । गत साताको बुधबार समान्य सुधार आएको भारतीय सेयर बजार सोमबार मात्र बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स २७१३.४१ अंकले घटेको छ भने नेशनल स्टक एक्सचेन्ज परिसुचक निफ्टी ७५७.८० अंकले घटेको छ ।

सोमबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको भारतीय शेयर बजार बन्द हुदाँ सम्म घट्ने क्रम जारी रह्यो । सेन्सेन्स २७१३ अंकले घटेर ३१३९०.०७ अंकमा पुगेको छ भने निफ्टी ७५७ अंकले घटेर ९१५७.४० अंकमा झरेको छ । सोमबार सेन्सेक्समा सुचिकृत ३० कम्पनी मध्ये धेरैको शेयर मूल्य घटेको छ ।

बिहीबार मात्र सेन्सेक्सको कुल बजार पुँजीकरण १० लाख करोडले घटेर १२७ लाख करोडमा सिमित भएको छ । बुधबार सेन्सेक्सको कुल बजार पुँजीकरण १३७ लाख करोड भारु थियो ।