तीन कम्पनीले संस्थापक शेयर बिक्री गर्दै

0
Shares

ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर शेयर बिक्रीमा ल्याएका छन्। तीनवटै कम्पनीले हाल कायम रहेका (साविकका) संस्थापक शेयरधनीले आवेदन गर्न पाउनेगरि उक्त शेयर बिक्रीमा ल्याएका हुन्

  • ज्योति विकास बैंक (JBBL)

ज्योति विकास बैंक लिमिटेडका संस्थापक शेयर खरीद गर्न इच्छुक साविकका संस्थापकले केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिन सक्नेछन्।

बैंकले फागुन ३० गते ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा ल्याएको हो। बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र आवेदन गर्नुपर्ने न्यूनतम भने मूल्य भने उल्लेख गरेको छैन। यसअनुसार प्रतिकित्ता १०० देखि बढाबढ मूल्यमा आवेदन दिन सकिन्छ।

कम्पनीको पछिल्लो पटक संस्थापक शेयर प्रतिकित्ता ११३ रुपैयाँमा कारोबार भएको छ ।

  • महालक्ष्मी विकास बैंक (MSLB)

महालक्ष्मी विकास बैंकका दुई जना संस्थापक शेयरधनीले ३१ हजार ६९५ कित्ता शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले उक्त परिमाणको शेयर बिक्रीमा ल्याएको छ।

बैंकको संस्थापक शेयरधनी माधव अधिकारीले २० हजार कित्ता र धनकुमारी श्रेष्ठले ११ हजार ६९५ कित्ता शेयर बिक्री गर्न चाहेका हुन्।
बैंकको संस्थापक शेयरधनीले शेयर खरिद गर्न सक्नेछन्। आवेदन दिन इच्छुक संस्थापक शेयरधनीले ३५ दिन भित्र बैंकको मुख्य कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

महालक्ष्मी विकास बैंकले पनि आवेदन गर्नुपर्ने मूल्य तोकेको छैन। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँदेखि बढाबढ मूल्यमा आवेदन गर्न सक्नेछन्। कम्पनीको पछिल्लो पटक संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमा कारोबार भएको छ ।

  • छिमेक लघुवित्त (CBBL)

छिमेक लघुवित्त वित्तीय संस्थाले पनि ३८ हजार ९४५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। शेयर बिक्री गर्ने संस्थापक शेयरधनीको नाम र आवेदन गर्नुपर्ने न्यूनतम मूल्य खुलाइएको छैन।

लघुवित्तले साविकको संस्थापक शेयरधनीले आवेदन गर्न पाउने गरि उक्त परिमाणको शेयर बिक्री खुला गरेको हो।

इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिन सक्नेछन्।
कम्पनीको पछिल्लो पटक संस्थापक शेयर प्रतिकित्ता ४७० रुपैयाँमा कारोबार भएको छ ।

तीनवटै कम्पनीका हाल विद्यमान कायम संस्थापक शेयरधनीले मात्र बिक्रीमा आएको शेयरमा आवेदन दिन सक्नेछन्। यदि तोकिएको समयभित्र साविकका संस्थापक शेयरधनीले नपरेमा वा सम्पुर्ण शेयर बिक्री नभएको खण्डमा भने सर्वसाधारणले आवेदन गर्न पाउने गरि दोस्रो पटक बिक्री खुला हुनेछ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  ११ : २७ बजे