सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा आह्वान

0
Shares

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) ले चैत्र २८ गते शुक्रबार १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।  चैत्र ३ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको १५७ औं बैठकले अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

साधारण सभामा कम्पनीको कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन। यसअनुसार वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षक नियुक्ति र पारश्रमिक निर्धारण लागयतका समान्य एजेण्डा उपर छलफल गरि पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत्र १३ गतेदखि चैत्र २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार चैत १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब रहेको छ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १४ : ३८ बजे