बढ्दो व्यापार घाटामा कमी ल्याउन संरचनात्मक सुधार आवश्यक :राष्ट्र बैंक

0
Shares

नेपालको व्यापार घाटा हरेक वर्ष वढ्दै गएको छ । बढ्दो व्यापार घाटामा कमी ल्याउन संरचनात्मक सुधारको आवश्यकता रहेको राष्ट्र बैंकले औल्याएको छ ।

मंगलबार ’नेपालको वैदिशक व्यापार प्रवृत्ति’ सम्बन्धित संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले संरचनात्मक सुधार गर्न सुझाव दिएको हो।

वैदेशिक ब्यापारको आकारमा भएको वृद्धि अनुसार निर्यातको हिस्सा बढ्न नसकेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

आर्थिक वर्ष ७५/७६ मा निर्यातको कुल गार्हस्थ्य उत्पादनसंगको अनुपात २.८ प्रतिशत र कुल व्यापारमा निर्यातको अंश ६.४ प्रतिशत रहेको छ । निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात घट्दै गएको छ ।

विगत लामो समयदेखि आयातको संरचनामा खासै ठूलो परिवर्तन भएको छैन . तर निर्याततर्फ भने २०४० को दशकमा अग्रस्थानमा रहेका वस्तुहरुको हिस्सा पछिल्ला वर्षमा उल्लेख्य रुपमा घटेको छ प्रतिवेदनमा उल्लेख छ।

नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगतरुपमा विविधिकरण गर्दै जानु पर्ने सुझा समेत दिएको छ। नगद अनुदान सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि अनुदान प्राप्त गर्ने वस्तुहरु जस्तै जडीबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पश्मिना, जुट र जुटका सामान, तयारी पोशाक आदिले निर्यातमा सकारात्मक योगदान पु¥याएको राष्ट्र बैकको प्रतिवेदनमा उल्लेख छ।