पछिल्लो समयमा नेपाल भित्रने सुनको आयात ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वैदेशिक ब्यापार प्रवृत्ति प्रतिवेदनमा चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ को ६ महिना अवधिमा ८ अर्बको सुन आयात भएको उल्लेख छ।
जबकी गत आवको यसै अवधि (आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा) मा नेपालले १७ अर्ब ४२ करोडको सुन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ८ अर्बको मात्र सुन आयात भएको छ। समीक्षा अवधिमा ९ अर्ब ४२ करोड रुपैयाँले सुन आयात घटेको हो।
गत आवको पुस मसान्तमा सुनको भाउ प्रतितोला ६० हजार रुपैयाँ रहेकोमा चालु आवको पुस मसान्तसम्म आइपुग्दा प्रतिातोला १४ हजारले बढेर ७४ हजार रुपैयाँ पुगेको छ। मूल्य बढ्दा सुनको खपत कम भएकाले पनि आयात घटेको हो।
नेपालको कूल आयातमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको हिस्सा रहेको छ ।विगत पाँच वर्षको कूल आयातमा पेट्रोलियम पदार्थको हिस्सा औसतमा ११.४ प्रतिशत रहेको उक्त प्रतिवेदनमा उल्लेख रहेको छ।
