एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण रिसोर्टका विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण रिसोर्टका विशेष छुट

एनआईसी एशिया बैंक(NICA) का ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच छुट सम्बन्धमा भएको सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र रिसोर्टका रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनुहुनेछ ।

यसका साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुने जनाइएको छ । यसैगरी ग्राहकले बैंकसँग आबद्ध भएका देशभरका २ हजार ४ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकले ३१९ शाखा कार्यालयहरु, ४५५ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार १६ : ४७ बजे