लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपीओलाई बोर्डको अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ।

बोर्डले एनआइसी एशिया लघुवित्तलाई ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। जुन लघुवित्त क्षेत्रकै हालसम्मको सबैभन्दा ठूलो आईपीओ हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरमा हाल कायम चुक्तापुँजीको ३२.१३ प्रतिशत अर्थात ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।

आईपीओ जारी गर्न लघुवित्तले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ। लघुवित्तको आईपीओलाई रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ। ग्रेड ४ प्लस रेटिङ्गले लघुवित्तको वित्तीय अवस्था औसतभन्दा कम आधार जनाउँछ।

२०७४ मंसिर १२ गतेदेखि जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी सञ्चालमा आएको लघुवित्तको १८ जिल्लामा ६१ शाखा कार्यालय सञ्चालनमा रहेका छन्।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १७ : ५४ बजे