दुई लघुवित्तले आठ करोडको आईपीओ निष्काशन गर्दै

0
Shares

दुई लघुवित्त कम्पनीले आठ करोड बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन गरेका छन् ।

समाज लघुवित्त र साधाना लघुविले ७ करोड ९३ लाख ८० हजार बराबरको आईपीओ निष्कासन गर्ने अनुमति मागेका हुन् ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । समाज लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

यस्तै साधाना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। जसको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ।

साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गरेको थियो।