भारतमा ‘कोरोना भाइरस प्रोटेक्टीभ एटिएम कार्ड’ सुरु, सम्पूर्ण बैंकिङ्ग सेवा एप मार्फत

0
Shares

भारतीय डिबिएस बैंकले फैलँदो कोरोना भाइरस प्रोटेक्टीभ एटिएम कार्ड सुरु गरेको छ। बैंकले ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै इन्फेक्सन प्रुफ एटिएम कार्ड जारी गर्ने जनाएको हो।

बैंकले एएक्सएक्सएसँग सहकार्य गरेर कोरोना भाइरसलाई समेत समेट्ने गरी ३० दिन अवधिको विशेष बीमा योजना सुरु गरेको हो। सो योजना अन्तर्गत ग्राहकले सबै स्वास्थ्य बीमा सुविधा पाउनेछन्। यस अन्तर्गत बैंकले १० दिन भन्दा धेरै अस्पताल बस्नुपर्ने ग्राहकको दैनिक ५ हजार रुपैयाँ भुक्तानी दिने गरी ३० दिन अवधिको योजना सञ्चालनमा ल्याएको हो ।

सिंगापुरको मल्टिनेशनल बैंकका अनुसार विशेष स्वास्थ्य बीमाका अलवा ग्राहकले स्वास्थ्य बीमा योजना समेत खरीद गर्न सक्नेछन । बैंकले सहकार्य गरेको बीमा कम्पनीको ल्याएको विभिन्न बीमा योजना डिजी बैंक एपको मार्फतपनि खरीद गर्न सकिने जनाएको छ।

बैंकका ग्राहकले बैंकले ल्याएको सहुलियतपुर्ण योजनाहरु सोही एपको मार्फत सबै काम गर्न सक्नेछन्। ग्राहकहरु पैसा ट्रान्फर, व्यक्तिगत कर्जा तथा रेमिट्यान्स सेवाका लागि बैंकमा नै गई राख्नुनपर्ने समेत जनाएको छ।

माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको अवधिमा गैह्र आवसीय भारतीयले आफुले माया गरेको व्यक्तिको हेरचाह गर्नका लागि सहज होस भन्ने हेतुले यस्तो योजना सुुरु गरेको जनाएको छ ।

बैंकले यो योजना विश्वव्यापी मेडिकल सहयोगका लागि २४ सै घण्टा मेडिकल सर्पोटका लागि उपलब्ध हुने जनाएको छ। गैह्रआवसाीय भारतीयसँग आश्रित परिवारका लागि बिना कुनै झन्झट अस्पताल जाने र इमर्जेन्सी रुपमा औषधोपचार गर्नका लागि यस्तो सेवा सुरु गरेको हो।

बैंकका कार्यकारी निर्देशकका अनुसार कोरोना भाइरसको महामारी आएको समयमा बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा औषधोपचारको सुविधा पाउन तथा आफु सुरक्षित भएको महसुस होस् भनेर यो बीमा योजना ल्याएको हो। यस्तो अवस्थामा समाजसँगै हातेमालो गर्ने गरी यो योजनालाइ निरन्तरता दिने बैंकले उल्लेख गरेको छ।

विश्वभरी बैंकले विपतको समयमा ग्राहकलाई सहयोग पुग्नेगरी बीमा योजना सुरु गरेको जनाएको छ। यो अवधिमा बैंकले डिजीटल रुपमा छिटो छरीतो रुपम कारोबार सम्पन्न गर्ने गरी काम गर्दै आएको छ । त्यसका साथै सिंगापुरको वित्तीय प्रणालीको तलतालाइ ध्यान दिँदै साना तथा मझौला उद्यमी तथा कर्पोरेट क्षेत्रलाई आवश्यक परेको खण्डमा तत्काल नगद प्रवाह (क्यास फ्लो) को समेत सम्बोधन गर्ने जनाएको छ ।