सिद्धार्थ बैंकले शेयरधनीको डिम्याट खातामा पठायो बोनस

0
Shares

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिसकेको जानकारी गराएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव साधारणसभा बाट पारित गराएको थियो।

बैंकले गत असोज २८ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस खातामा पठाइदिएको हो। असोज २८ पछि डिम्याट गर्नेहरुको बोनस जम्मा गर्ने तयारी भईरहेको बैंकले जनाएको छ ।  साथै बैंकले अहिलेसम्म पनि डिम्याट नगरेका शेयरधनीलाई बोनस पाउन लािग आफूसँग भएको भौतिक शेयर डिम्याट गर्न आग्रह समेत गरेको छ ।

सिद्धार्थ बैंकको गत कात्तिक ७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २९ गते एक दिन बुकक्लोज गरेको थियो। असोज २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।