माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित

0
Shares

सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी दिए।

सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । यसअघि भने सरकारले बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्य जाँचसहितको सहायता कक्ष स्थापना गरी सुरक्षित एवं व्यवस्थितरुपमा सम्पन्न गर्ने निर्णय गरेपनि पछिल्लो समयमा आएर स्थगन भएको हो।

यसैगरि सरकारले सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ ।

  • कोरोना भाइरसका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित यूनेस्को

विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् ।

विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को) ले बुधबार जनाएको छ ।

यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ।

यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् ।

यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ ।

प्रकाशित मिति: ५ चैत २०७६, बुधबार  १८ : ५३ बजे