घुस लिएको आरोपमा दुई विरुद्ध मुद्धा, प्रधानाध्यापक नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सुर्खेतको भेरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहदुर केसीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

नगरपाकिालको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी दिने क्रममा प्रशासकीय अधिकृत पौडेलको आदेशमा टेक्निसियन केसीले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ।

यसैगरी आयोगले एसइई परीक्षाको प्रवेशपत्र दिने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा धनुषाको नकटाजिझस्थित श्री जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई घुससहित नियन्त्रणमा लिएको छ।

एक विद्यार्थीको अभिभावकसँग दुई हजार लिइएको अवस्थामा विद्यालय परिसरबाटै निजलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: ५ चैत २०७६, बुधबार  २० : ०४ बजे