एक्सेल डेभलपमेण्ट बैंकको लाभांश पाउन बिहीबारसम्म शेयरधनी हुन आवश्यक

0
Shares

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड (EDBL) ले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पाउन चैत ६ गते बिहीबारसम्म शेयरधनी कायम हुनुपर्छ।

बैंकले चैत २० गते आह्वान गरेको साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि चैत ७ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको थियो। यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन्।

बैंकको शेयर धितोपत्रको दोस्रो बजार चैत ५ गते बुधबार प्रतिकित्ता ३६७ रुपैयाँमा कारोबार भएको छ।

एक्सेलले होटल होलिडे होम, झापामा बिहान ११ बजे १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस शेयर र ०.९० प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

यस्तै बोनस शेयरपछि कायम हुने पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पनि बैंकले साधारण सभामा राखेको छ । साथै सभामा मर्जर तथा प्राप्तीको एजेण्डा समेत रहेको छ। जसका लागि बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा एक आपसमा गाभ्ने गाभिने अधिकारमा निर्णय गर्ने अधिकार संचालक समतिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  १० : ३९ बजे