नेप्सेमा चलेको पहिरो रोकिएन, पहिलो ३० मिनेटमा नै २५ अंकको गिरावट

0
Shares

विश्वमा फैलिएको कोरोना भाइरसका कारण लगानीकर्ताको मनोबल खस्किँदा साताको अन्तिम कारोबार दिन पनि नेप्से उच्च अंकले घटेको छ।

बिहीबार कारोबारको ३० मिनेटमा नै २४.७९ अंकले सूचक घटेको होर यस अवधिसम्ममा कारोबारमा आउका सबै उप समूहका सूचक राताम्मे रहेको छ भने ११८ कम्पनीका ४ लाख ६ हजार कित्ता शेयर १५ करोड ४९ लाख रुपैयाँमा खरीद बिक्री भएको छ।

नेपाल लाइफ, जनउत्थान सामुदायिक लघुवित्त र नेपाल बैंकको १ करोड बढीको शेयर कारोबार भएको बजारमा जनउत्थानको शेयरमूल्य ७ प्रतिशत बढीले बढेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, समता लघुवित्त, आरएसडिसी लघुवित्त र फस्ट माइक्रोफाइनान्सको शेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  ११ : ३८ बजे