बैंकका संचालक र प्रमुख कार्यकारीको योग्यता संशोधन

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा संचालक तथा प्रमुख कार्यकारी अधिकृत बन्नलाई चाहिने योग्यता परिमार्जन गरेको छ।

राष्ट्र बैंकले यस अघिको प्राबधानलाई परिमार्जन गरेर सूचना प्रविधि र कम्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पूरा गरेको व्यक्ति पनि बैंक, बिकास बैंक, फाइनान्स र लघुवित्तका संचालक र सीइओ बन्न पाउने व्यवस्था गरेको छ।

बैंकिङ क्षेत्रमा प्रविधिको चुनौति बढ्दै गएपछि यस्तो व्यवस्था गर्नुपरेको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।  यसअघि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, चार्टर्ड एकाउन्टेन्सी र कानून विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्ने योग्यता तोकिएको थियो ।