अपि पावरको साधारण सभा स्थगित

0
Shares

अपि पावर कम्पनी (API) को १६ औं वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीले यसअघि चैत ७ गते शुक्रबार कार्की बैंक्वेट माइतिघरमा बिहान ११ बजे आह्वान गरेको थियो।

विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणका रोक्न भन्दै सरकारले चैत ५ गते कुनैपनि सार्वजनिक स्थानमा २५ जना वा सो भन्दा बढी व्यक्ति जमघट हुन रोक लगाउने निर्णय भएपछि कम्पनीले अर्को सूचना प्रकाशन नभएसम्मका लागि साधारण सभा स्थगित भएको जनाएको हो।

सञ्चालक समितिको निर्वाचनका लागि निर्वाचन कमिटिबाट निर्वाचनका लागि अन्तिम नामावली समेत प्रकाशन भैसकेको अवस्थामा निर्वाचन कमिटिको तर्फबाट निर्वाचन सम्बन्धि कामहरु यथावत राखि बाँकी कामहरु साधारण सभाबाट पारित गर्नेगरि कायम गरिएको छ।

कम्पनीले वार्षिक साधारण सभाका लागि निर्धारण गरिएका छलफलका विषयहरु र बुकक्लोज मिति यसअघि नै निर्धारण गरिएको कायम गरिएको यथावत रहेको कम्पनीले स्पष्ट पारेको छ।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  १८ : ३७ बजे