पूँजी वृद्धिको दवाबमा रहेको समृद्धि फाइनान्सले दुई सय प्रतिशत हकप्रद बेच्ने

0
Shares

समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद ३६ लाख ३९ हनार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएको हो ।

फाइनान्सको हकप्रद विक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केटले गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार छ । सोही पूँजीको आधारमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्त बाट फुकुवा गरे पछि समृद्धि फाइनान्सको नामबाट वित्तीय कारोबार थालेको समृद्धि फाइनान्सले अर्को समस्याग्रस्त संस्था क्रिष्टल फाइनान्स खरिद गर्ने सम्झौता गरेको छ।

नयाँ लगानीकर्ताको प्रवेशले वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स समस्याग्रस्त बाट फुकुवा भई समृद्धि फाइनान्स बनेको थियो ।

राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ८० करोड रुपैंया कायम गर्नु पर्ने व्यवस्था गरेको छ । सोही अनुसार अब समृद्धि फाइनान्सले एक्वायर र हकप्रदलाई जोड दिएको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ८७ लाखभन्दा बढी घाटा छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.६६ रुपैयाँ तथा नेटवर्थ ४९.६३ रुपैयाँ छ । जसको जगेडाकोषमा २२ करोड ९८ लाख छ ।